सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हवाई आक्रमणको नेतृत्व गर्ने हमासका कमाण्डर मारिएको इजरायलको दाबी

शनिबार, ११ कात्तिक २०८०, १२ : १२
शनिबार, ११ कात्तिक २०८०

तेल अभिभ । इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारिएको बताएको छ । इजरायलका अनुसार ती कमाण्डरले अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएका थिए। उनैको निर्देशनमा हमासका प्यारा ग्लाइडरहरू इजरायल प्रवेश गरेका थिए।

ती कमाण्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ । ‘हिजो राति इजरायली सेनाका लडाकु विमानहरूले हमासलाई हवाई आक्रमणको निर्देशन दिने असिम अबु रकाबालाई आक्रमण गरी मारेको छ,’ इजरायल रक्षा बलले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ ।

पोष्टमा थप भनिएको छ, ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्यारा ग्लाइडर, एरियल डिटेक्सन र रक्षाका लागि जिम्मेवार थिए। उनले अक्टोबर ७ को हमलामा इजरायल प्रवेश गरेका अतिवादीहरूलाई निर्देशन दिएका थिए। उनी सेनाको सैन्य पोस्टहरूमा ड्रोन आक्रमणको लागि पनि जिम्मेवार थिए।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप