हवाई आक्रमणको नेतृत्व गर्ने हमासका कमाण्डर मारिएको इजरायलको दाबी
शनिबार, ११ कात्तिक २०८०, १२ : १२
तेल अभिभ । इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारिएको बताएको छ । इजरायलका अनुसार ती कमाण्डरले अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएका थिए। उनैको निर्देशनमा हमासका प्यारा ग्लाइडरहरू इजरायल प्रवेश गरेका थिए।
ती कमाण्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ । ‘हिजो राति इजरायली सेनाका लडाकु विमानहरूले हमासलाई हवाई आक्रमणको निर्देशन दिने असिम अबु रकाबालाई आक्रमण गरी मारेको छ,’ इजरायल रक्षा बलले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ ।
पोष्टमा थप भनिएको छ, ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्यारा ग्लाइडर, एरियल डिटेक्सन र रक्षाका लागि जिम्मेवार थिए। उनले अक्टोबर ७ को हमलामा इजरायल प्रवेश गरेका अतिवादीहरूलाई निर्देशन दिएका थिए। उनी सेनाको सैन्य पोस्टहरूमा ड्रोन आक्रमणको लागि पनि जिम्मेवार थिए।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण