विश्वकपमा नेदरल्याण्ड्सको दोस्रो जीत

कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीयमा विश्वकपमा बंगलादेशलाई पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
नेदरल्याण्ड्सको जीतमा पाउल भान मेकरेन नायक बने उनले मात्र २३ रन खर्चेर चार विकेट लिँदै बंगलादेशको पाली ध्वस्त पारे । बंगलादेशका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै, महमदुल्लाह र मुस्तफिजुर रहमानले समान २०–२० रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिडेले २ तथा आर्यन दत्त, लोगन भान विक र कोलन एकर म्यानले १–१ विकेट लिए ।
जीतसँगै नेदरल्याण्ड्स बंगलादेश र इंग्ल्याण्डलाई पछि पार्दै आठौँ स्थानमा उक्लेको छ । उता पाँचौँ पराजय बेहोरेको बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
यसअघि नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ६८ रनको योगदान दिए ।
त्यस्तै, वेस्ली बारेसीले ४१ रनको योगदान दिए । साइब्रान्ड एन्जलबर्चले ३५ तथा लोगन भान विकले २३ रन जोडे । बंगलादेशका लागि सोरिफूल इस्लाम, ताक्सिन अहमद, मुस्तफिजुर रहमान र मेहदी हसनले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे