विश्वकपमा नेदरल्याण्ड्सको दोस्रो जीत
कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीयमा विश्वकपमा बंगलादेशलाई पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
नेदरल्याण्ड्सको जीतमा पाउल भान मेकरेन नायक बने उनले मात्र २३ रन खर्चेर चार विकेट लिँदै बंगलादेशको पाली ध्वस्त पारे । बंगलादेशका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै, महमदुल्लाह र मुस्तफिजुर रहमानले समान २०–२० रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिडेले २ तथा आर्यन दत्त, लोगन भान विक र कोलन एकर म्यानले १–१ विकेट लिए ।
जीतसँगै नेदरल्याण्ड्स बंगलादेश र इंग्ल्याण्डलाई पछि पार्दै आठौँ स्थानमा उक्लेको छ । उता पाँचौँ पराजय बेहोरेको बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
यसअघि नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ६८ रनको योगदान दिए ।
त्यस्तै, वेस्ली बारेसीले ४१ रनको योगदान दिए । साइब्रान्ड एन्जलबर्चले ३५ तथा लोगन भान विकले २३ रन जोडे । बंगलादेशका लागि सोरिफूल इस्लाम, ताक्सिन अहमद, मुस्तफिजुर रहमान र मेहदी हसनले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण