चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन
आइतबार, १२ कात्तिक २०८०, १० : ४०
लस एञ्जलस । लोकिप्रय अमेरिकी टिभी शो फ्रेन्ड्सका चर्चित अभिनेता म्याथ्यु पेरीको मृत्यु भएको छ । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार पेरी लस एञ्जलसस्थित घरमै मृत अवस्थामा भेटिएका थिए ।
पेरीले ९० को दशकको लोकप्रिय अमेरिकी टिभी शो फ्रेन्ड्समा शैंडलर बिंगको भूमिका निर्वाह गरेका थिए । म्याथ्युको शव बाथ टबमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा लागुऔषध नभेटिएको बताइएको छ ।
न्यूयोर्क शहरमा बस्ने ६ जना युवाहरुको जिन्दगीमा बनेको फ्रेन्ड्जको प्रसारण सन् १९९४ देपख सन् २००४ सम्म भएको थियो । यो शोको अन्तिम एपिसोड ५ करोड २५ लाख जनाले हेरेका थिए । २००० को दशकमा यो सबैभन्दा धेरै हेरिएको टिभी शो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण