संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । चारदिने औपचारिक भ्रमणका लागि गुटरेस आइतबार नेपाल आएका हुन् ।
गुटरेस र परराष्ट्रमन्त्री साउदबीच सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रीसँगका भेटजवार्तापछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि सिंहदरवारमै महासचिव गुटरेसले भेटवार्ता गर्दैछन् ।
_1WYLX4HvUj.jpg)
प्रधानमन्त्रीसँगको भेटवार्तापछि महाहसचिव गुटरेसले आइतबार अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।
भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् ।
_iprUdEFcJD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण