शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मैतीदेवीको ‘डान्स’बाट ९ जना जुवाडे पक्राउ

आइतबार, १२ कात्तिक २०८०, १३ : ४९
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँको मैतीदेवीस्थित डान्सबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीस्थित गजित विष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

पक्राउ पर्नेमा भोजपुरको पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट सहित ९ जना छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ९० हजार ९ सय नगद र तास बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप