पोखराको शान्ति स्तूपमा नगर बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर (अपडेट)
पोखरा । पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपबाट माइक्रो बस खसेको छ । ग १ ख ८५८५ नम्बरको नगर बस केही समयअघि दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम छ ।
‘गम्भीर घाइते हुनुहुन्न भन्ने छ । तैपनि बुझ्दैछौं,’ उनले भने, ‘सबैलाई गाडीबाट निकालिएको छ । हतारमा उद्धार गरिएकोले केही गम्भीर हुनुहुन्छ भनिएको छ । अस्पताल पुगेपछि थाहा हुन्छ ।’ गाडी भीरबाट खसेर उत्तानो परेको थियो । घाइतेहरूमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । कम्तीमा १२ जना यात्रु घाइते छन् । प्रत्यक्षदर्शीका अनुसार ३ जना घाइतेको अवस्था गम्भीर छ ।
‘ट्याक्सी, निजी कार जेमा भेट्यो त्यसैमा पठाएका छौँ,’ उद्धारमा खटिएका स्थानीय युवक लामिछाने भन्छन्, ‘धेरैलाई हात र खुट्टामा चोट छ । तीन जनालाई अलि अवस्था गम्भीर थियो ।’ उनका अनुसार गाडीमा ३० जना भन्दा बढी सवार थिए । उनीहरूलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण