कप्तान रोहित भन्छन्– ‘सन्दीपको पुनरागमनले उत्साही छौँ’
काठमाडौँ । नेपालले सोमबार घरेलु मैदानमा टी—२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्दैछ । सन् २०२४ मा आयोजना हुने नवौँ टी—२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा टोली विश्वकपमा छनोट हुनेछन् ।
नेपालले आफ्नो पहिलो खेल सोमबार सिंगापुरसँग खेल्दैछ । त्यो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोली सन्तुलित रहेको र छनोट प्रतियोगिताको लागि आफूहरू तयार रहेको बताएका छन् ।
कप्तान रोहितले प्रभावशाली स्पिनर सन्दीप लामिछानेको पुनरागमनले पनि नेपाली टोली सन्तुलित भएको प्रतिक्रिया दिए । यसअघि खेलिएको त्रिकोणात्मक टी—२० शृङ्खलामा सन्दीप अनुपस्थित रहेका थिए । तर, विश्वकप छनोटका लागि घोषित टोलीमा सन्दीपलाई पनि समावेश गरिएको छ ।
‘हाम्रो टोली विश्वकप छनोट खेल्न तयार छ । सन्दीप लामिछाने फर्किएपछि टोली सन्तुलित पनि भएको छ,’ उनले भने । उनले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो रहेको पनि बताए ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले पनि आफ्नो टोली प्रतियोगिताका लागि तयार रहेको बताए । उनले विश्वकपमा छनोट हुनु आफ्नो टोलीको एकमात्र लक्ष्य भएको पनि बताए । उनले सन्दीपको पुनरागमनले टोली थप सन्तुलित भएको प्रतिक्रिया पनि दिए ।
‘यतिबेला हाम्रो एकमात्र लक्ष्य टी—२० विश्वकपमा छनोट हुनु हो । हाम्रो टोली सन्तुलित पनि छ । लगातार विभिन्न प्रतियोगिता खेलेकाले खेलाडीको आत्मविश्वास पनि बढेको छ । हामी जितप्रति आशावादी छौँ । सन्दीपको आगमनले टोली थप सन्तुलित पनि बनेको छ,’ उनले भने ।
प्रशिक्षक देसाईले प्रतियोगितामा सहभागी सबै टोली उत्तिकै बलियो भएको प्रतिक्रिया दिँदै आफूहरूले कसैलाई पनि कमजोर सम्झनै भुल नगरेको बताए । ‘हामी सबैलाई थाहा छ, टी—२० भनेको फास्ट खेल हो । त्यसैले क्षणभरमै परिस्थिति फेरिन सक्छ । तर, हाम्रा सबै खेलाडी अनुभवी र अभ्यस्त छन् । हामी सबैको ध्यान अहिले विश्वकप छनोटमै केन्द्रित छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण