काठमाडौँ । गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा हमला जारी राखेको छ । इजरायलले गरेको हवाई हमला र बामबारीमा परेर हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलको कारबाहीमा हालसम्म ७ हजार बढी सर्वसाधारणको मृत्यु भएको छ । यसमध्ये २ हजारभन्दा बढी बालबालिका रहेका छन् भने महिलाहरू पनि धेरै सङ्ख्यामा मारिएका छन् ।
इजरायले आफ्नो कारबाहीलाई झनै भीषण बनाउँदै गर्दा यसको विरोध तथा प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शनहरू भइरहेका छन् ।
विश्वका कयौँ देशमा प्यालेस्टाइनको झण्डा बोकेर मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । उनीहरूले इजरायलको क्रूर आक्रमणको विरोध गर्दै युद्धविरामको मा गरेका छन् । तस्बिरमा हेर्नुहोस् बेलायत, इटाली, लेबनान, मलेसिया, अमेरिका, नर्वे, भारतलगायतका देशमा भएका प्रदर्शन : (सबै तस्बिर रोयटर्सबाट )
_b6RmVCk863.jpg)
_roNmDzJApe.jpg)
_bZMRbQ3xRx.jpg)
_MAe3J3c1Ko.jpg)
_Tqyzx6hxyX.jpg)
_6CltX760EC.jpg)
_1RT6wGYAet.jpg)
_N4YOWyQXbd.jpg)
_VhwnuMVj5P.jpg)
_6xdWMa9rhU.jpg)
_ftEYvYPwfo.jpg)
_IyKwLeAZJ6.jpg)
_cyZAcQST5D.jpg)
_aeBAKsPBM5.jpg)
_GLL1AA3VZr.jpg)
प्रतिक्रिया