मध्यपूर्वको जोखिमले सुनको भाउ आकासियो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर प्रतिऔंस २ हजार डलरमाथि उक्लिएको छ । इजरायल–हमासबीच द्वन्द्व भड्किरहँदा लगानीकर्तामाझ सेफ हेभन एसेटको माग बढ्दा सुन बजारले टेवा पाइरहेको छ । यही हप्ता बस्न लागेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नीतिगत बैठकको पखाइमा लगानीकर्ताहरु रहँदा पनि सुनको भाउ बढेको हो ।
शुक्रबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔँस १ दशमलव २ प्रतिशतले बढेर २ हजार ९ डलर १९ सेन्टसम्म पुगेको थियो । सुनको भाउ मध्य मे महिनायता पहिलो पटक यो स्तरमा पुगेको हो । इजरायली सेनाका मुख्य प्रवक्ताले गाजापट्टीमा आफ्नो हवाई र भू सेनाले कारबाही बढाइरहेको अभिव्यक्ति दिएलगत्तै सुन बजारमा किनबेचको आयतन बढेको थियो ।
अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गरेयता सुनको भाउ ८ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । मध्यपूर्वमा द्वन्द्व भड्कियो भने सेफ हेभन एसेटमा लगानीको थप खोलो बग्नेछ । भौतिक बजारमा पनि सुनको खरिदारी बढेको छ । दीपावली नजिकिँदै गर्दा विश्वको सबैभन्दा ठुलो सुन खपत गर्ने देश भारतमा सुनको माग बढेको छ । गएको तीन हप्तायता सुन बजार बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण