सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिट्टै पारित गर्छौँ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाटै छिट्टै पारित गर्ने बताएका छन् । सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट छिट्टै पारित गराउने बताउनुभएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका काँग्रेस उपसभापति धनराज गुरुङले बताए । त्यसैगरी सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नुभएको थियो ।
उनले भने, ‘एउटा यो शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भ छ । त्यस सन्दर्भमा महासचिवजीको चासो देखियो । र, त्यसबारे छलफल भयो । नम्बर दुई, यो जलवायु परिवर्तनले नेपाल अत्यन्तै पीडित देश हो । त्यस सन्दर्भमा पनि छलफल भएको छ । सभापतिजीले चाहिँ यस सन्दर्भमा शान्ति प्रक्रियाको सन्दर्भमा हामीले गरिरहेका छौँ । र, अहिले यसलाई टुङ्ग्याउनका लागि जुन विल छ, टिआरसी बिल । त्यो चाहिँ संसद्को पार्लियामेन्ट कमिटीमा छलफलमा छ । र, हामी छिट्टै टुंग्याउँछौँ । र, यसलाई सर्वसम्मत ढङ्गबाटै लिएर जान्छौँ भनेर सभापतिजीले त्यो कुरा राख्नु भयो एउटा । अर्को क्लाइमेट चेन्जको सन्दर्भमा विश्वकै ध्यान केन्द्रित हुनु पर्दछ । हामी सानो देश, सानो मुलुक । तर हामीलाई ठुलो मार परिरहेको छ । त्यस सन्दर्भमा महासचिवजीले ध्यानाकर्षण भएको जनाउँदै यसले नेपाललाई मात्रै नभई भारत, पाकिस्तान, बंगलादेश जस्ता छिमेकी मुलुकलाई पनि भविष्यमा गाह्रो पार्छ । ’
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशहरू समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूले पूरा साथ रहने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण