बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन अर्थमन्त्री महत लण्डनमा

आइतबार, १२ कात्तिक २०८०, २० : ४२
आइतबार, १२ कात्तिक २०८०

लण्डन । नेपालका अर्थमन्त्री डा प्रकाशशरण महत शनिबार साँझ लण्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन महत बेलायत आएका हुन् । 

३१ अक्टोबर  दिउसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालस् अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलन हुँदैछ । बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।

मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् । हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रँदा मन्त्रीलाई राजदूत ज्ञानचन्द्र आचार्य, कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ लगायत पदाधिकारी र व्यवसायीले स्वागत गरेका थिए ।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

नेपालमा बढी भन्दा बढी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा मन्त्री महतले ब्रिटिस मन्त्रीहरुसँग समेत भेट्ने कार्यक्रम रहेको छ । मन्त्री महतको सम्मानमा नेपाली राजदूतावास  लन्डनले सोमबार साँझ एक कार्यक्रमको आयोजना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप