दुई संसदीय समितिको बैठक बस्दै
सोमबार, १३ कात्तिक २०८०, ०९ : १३
काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ ।
त्यस्तै ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण