केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म कूल ३६५ दिनका लागि उक्त रकम निक्षेपको रुपमा राख्ने भएको हो ।
आइतबार एक सूचना जारी गर्दै बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार क वर्गका वाणिज्य बैंकहरुले १४ करोड १४ लाख रुपैयाँ निक्षेप पाउने छन् भने ख वर्गका विकास बैंकले २ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुले ८८ लाख रुपैयाँ निक्षेप पाउनेछन् ।
तथापि, निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको शर्त पुरा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गर्नुपर्नेछ भने कर्जा निक्षेपको अनुपात (सीडी) रेसियो कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कूल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण