सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने

सोमबार, १३ कात्तिक २०८०, ११ : ०६
सोमबार, १३ कात्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म कूल ३६५ दिनका लागि उक्त रकम निक्षेपको रुपमा राख्ने भएको हो । 

आइतबार एक सूचना जारी गर्दै बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार क वर्गका वाणिज्य बैंकहरुले १४ करोड १४ लाख रुपैयाँ निक्षेप पाउने छन् भने ख वर्गका विकास बैंकले २ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुले ८८ लाख रुपैयाँ निक्षेप पाउनेछन् । 

तथापि, निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको शर्त पुरा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गर्नुपर्नेछ भने कर्जा निक्षेपको अनुपात (सीडी) रेसियो कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कूल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप