भक्तपुरबाट १५ जना जुवाडे पक्राउ
सोमबार, १३ कात्तिक २०८०, ११ : ११
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेको छ । कौशलटार बस्दै आएका इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना छन् । जुवा खालबाट १४ बुक तास र १ लाख ४ हजार नगद बरामद गरिएको डीएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण