सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

सोमबार, १३ कात्तिक २०८०, ११ : १५
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक १४ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेगरी चार किसिममा कूल २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबारदिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि केन्द्रीय बैंकले कात्तिक ३ गते १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप