राष्ट्र बैंकले आज २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
सोमबार, १३ कात्तिक २०८०, ११ : १५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक १४ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेगरी चार किसिममा कूल २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबारदिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले कात्तिक ३ गते १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण