सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म ‘अञ्जिला’ को छायांकन सुरु

सोमबार, १३ कात्तिक २०८०, १२ : ४६
सोमबार, १३ कात्तिक २०८०

काठमाडौं । फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । सोमबार इलामको आइतबारेदेखि छायांकन सुरु भएको सो  फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ ।

फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ । 

फिल्मको इलाम, झापा र काठमाडौंमा छायांकन हुनेछ । इलाममा २६ दिन र काठमाडौँमा १९ दिनको छायांकन तालिका रहेको फिल्म मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप