फिल्म ‘अञ्जिला’ को छायांकन सुरु
काठमाडौं । फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । सोमबार इलामको आइतबारेदेखि छायांकन सुरु भएको सो फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ ।
फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मको इलाम, झापा र काठमाडौंमा छायांकन हुनेछ । इलाममा २६ दिन र काठमाडौँमा १९ दिनको छायांकन तालिका रहेको फिल्म मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण