राशिद खानलाई १० करोड भारु दिने समाचार गलत : रतन टाटा
सोमबार, १३ कात्तिक २०८०, १४ : ४०
नयाँ दिल्ली । अफगानिस्तानका क्रिकेटर राशिद खानलाई १० करोड भारतीय रुपैयाँ दिने समाचारको उद्योगपति रतन टाटाले खण्डन गरेका छन् । सोमबार उनको नाममा झुटो समाचार फैलिएपछि टाटा आफैले यसको खण्डन गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘मैले आईसीसी वा कुनै पनि क्रिकेट फ्याकल्टीलाई कुनै पनि खेलाडीलाई जरिवाना वा पुरस्कार दिने विषयमा कुनै सुझाव दिएको छैन । मेरो क्रिकेटसँग कुनै सम्बन्ध छैन । मेरो आधिकारिक प्ल्याटफर्मबाट पोस्ट नभएसम्म कृपया यस तरिकाको ह्वाट्सएपबाट फरवार्ड गरिएका समाचार वा भिडियोमाथि विश्वास नगर्नु होला ।’
सामाजिक सञ्जालमा रतन टाटाले राशिद खानलाई करोडौँ रुपैयाँ दिने प्रतिबद्धता जनाएको समाचार भाइरल बनेको थियो । यसपछि उनले बाध्य भएर यसको खण्डन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण