संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने
सोमबार, १३ कात्तिक २०८०, २३ : ०९
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
गौतमले सोमबार जारी गरेको सूचनामा कात्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ ।
महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण