आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा अवैध सामान बरामद

सोमबार, १३ कात्तिक २०८०, २० : ३६
सोमबार, १३ कात्तिक २०८०

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली ल्याएका अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको छुट्टाछुट्टै गस्तीले सोमबार भारतबाट अवैध रूपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो । 

प्रहरीले लताकापडा, किरानाका सामान, भाँडा वर्तन लगायतका सामान गौर नगरपालिका ६ र यमुनामाई गाउँपालिका ४ बाट बरामद गरेको जनाएको छ । 

बरामद सामानको मूल्य तिन लाख ५८ हजार तीन सय ४० रहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले जानकारी दिए । आवश्यक कारवाहीका लागि सो सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले जानकारी दिए ।

यस्तै प्रहरीले तिन बोरा पटाका पनि बरामद गरेको छ । सो पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप