रौतहट प्रहरीद्वारा अवैध सामान बरामद
सोमबार, १३ कात्तिक २०८०, २० : ३६
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली ल्याएका अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको छुट्टाछुट्टै गस्तीले सोमबार भारतबाट अवैध रूपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो ।
प्रहरीले लताकापडा, किरानाका सामान, भाँडा वर्तन लगायतका सामान गौर नगरपालिका ६ र यमुनामाई गाउँपालिका ४ बाट बरामद गरेको जनाएको छ ।
बरामद सामानको मूल्य तिन लाख ५८ हजार तीन सय ४० रहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले जानकारी दिए । आवश्यक कारवाहीका लागि सो सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले जानकारी दिए ।
यस्तै प्रहरीले तिन बोरा पटाका पनि बरामद गरेको छ । सो पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण