गुटेरेस प्रधानमन्त्री प्रचण्डको साथ आज लुम्बिनी आउने
बुटवल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आउँदै छन् । नेपाल भ्रमणमा रहेका गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यतालिका छ ।
गुटेरेस आइतबार नेपाल आएका हुन् । गुटेरेसको लुम्बिनी भ्रमणको सबै तयारी पूरा भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । गुटरेसले लुम्बिनीमा झण्डै डेढ घण्टा बिताउने छन् । उनी साढे १० बजे काठमाडौँ फर्किने कार्यक्रम छ ।
भैरहवास्थित विमानस्थलमा ओलिएपछि हेलिकप्टरमार्फत उनी लुम्बिनी जानेछन् । गुटरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण