सर्वोच्चका न्यायाधीश सिन्हा भोलिदेखि अवकाशमा, आज बिदाइ गरिँदै
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा बुधबारबाट अवकाशमा जाँदै छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा न्यायाधीश सिन्हाको बिदाइ कार्यक्रम राखिएको छ ।
६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका सिन्हाले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना सेवा गरेका छन् । वरिष्ठ अधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ सालमा नियुक्त भएका सिन्हा मुख्यतः 'कर्पोरेट ल'मा दख्खल राख्ने गर्दथे । सर्वोच्च अदालतका न्यायाधीश बनेपछि फौजदारी मुद्दामा समेत न्यायाधीश सिन्हाको धेरै फैसला नजिर स्थापित गर्ने किसिमका छन् ।
अधिवक्ता तथा वरिष्ठ अधिवक्ता र सर्वोच्चका न्यायाधीशका रूपमा काम गर्दासमेत न्यायाधीश सिन्हा कहिल्यै विवादमा आएका थिएनन् । सर्वोच्चमा ७ वर्ष ३ महिना काम गरी विवादरहित रहेर बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हालाई मंगलबार अपरान्ह ४ बजे सर्वोच्च अदालत परिसरबाट बिदाइ गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण