एनआरएनए कार्यालयमा तनाव, आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो । घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । अन्यलाई भने कुनै चोट भने नलागेको बताइएको छ ।
संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात र अभद्र व्यवहार गरेको रातोपाटीलाई बताए । उनले आफू घटनाका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि पनि थप हातपात भएको बताए ।
संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटनाभएको हो ।
‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, उनले भने ।
घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको बताइएको छ भने तनावको अवस्था रहेको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।
संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।
अध्यावधिक गरिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण