शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वाइलेट जाँदा साथमा मोबाइल लैजाने बानी छ ?

मङ्गलबार, १४ कात्तिक २०८०, १५ : ४५
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । तपाई अहिले ट्वाइलेटमा हुनु हुन्छ ? तपाईँको हातमा मोबाइल छ अनि यो लेख पढिरहनु भएको छ ? यसको उत्तर ‘हो’ भने चाहिँ तपाईँले यस्तो बानी पूरै बन्द गर्न जरुरी छ । हालै भएको एउटा अध्ययन अनुसार झन्डै ९० प्रतिशत मानिस ट्वाइलेट जाँदा मोबाइल बोकेरै जान्छन् । समाचार हेर्ने, सामाजिक सञ्जाल चलाउने वा आफूले पढिरहेको लेख भ्याउने जस्ता अनेक हेतुले साथमा मोबाइल बोकेर तपाई ट्वाइलेट जानु भएको हुन सक्छ ।

मोबाइल हाम्रो जीवनको अभिन्न हिस्सा भएको छ । जहाँ जतिबेला पनि यो हाम्रो साथमै हुन्छ । कहिले काहीँ नलैजानु पर्ने ठाउँमा पनि मोबाइल पुगिरहेको हुन्छ । हातमा मोबाइल हुनुको सहजता अनि सुविधा त कसैले पनि नर्कान सक्दैन । तर यो बानीबारे पुनः विचार गर्नु पर्ने कारणहरु भने अनेक छन् । ट्वाइलेट जाँदा मोबाइल किन नलाने भन्ने चिन्ताको पहिलो उत्तर चाहिँ हाइजिन हो । विशेषगरी सार्वजनिक शौचालय कीटाणु र ब्याक्टेरियाको घर नै हो ।

स्मार्टफोन बोकेर जाँदा यसमा पनि संक्रमण सर्न सक्छ । अनि यसबाट हात अनि अनुहारमा कीटाणु सर्न सक्छ । एउटा अध्ययनअनुसार ट्वाइलेट शिटको तुलनामा मोबाइलमा १० गुणा सम्म किटाणुहरु हुन सक्छ । टचस्क्रिन आधुनिक युगको लामुखट्टे हो । यसले संक्रामक रोगहरु बोक्ने याहू संक्रमण नियन्त्रण विज्ञ डा. हयूज हेडेनले भनेका थिए । स्मार्टफोनको स्क्रिनमा किटाणुहरु २८ दिनसम्म जीवित रहन सक्छन् । अर्थात् तपाईँको फोनको टचस्क्रिन कीटाणु र ब्याक्टेरियाको लागि उर्बर ठाउँ बन्न सक्छ । घर वा कार्यालयको सबैभन्दा फोहोर ठाउँ हो शौचालय । एक त मोबाइल सफा गर्न अप्ठ्यारो छ । शौचालय गएपच्छिे मोबाइल फोन सफा गरेर साध्य नै लाग्दैन ।

ट्वाइलेटमा खसेर मोबाइल बिग्रने सम्भावना पनि उत्तिकै छ । ट्वालेटको शिटमा बसेर मोबाइल चलाइरहँदा समय बितेको पत्तो पनि हुन्न । ट्वालेटमा लामो समय बसेर मोबाइल चलाइरहँदा अनेकौं स्वास्थ्य समस्या निम्तन सक्छ । लामो समयसम्म ट्वाइलेटमा बसिरहँदा पाइल्सको समस्या निम्तिन वा बल्झिन सक्छ । बसाइँको आसन बिग्रिएर मस्कुलोस्केलेटल समस्या आउन सक्छ । यस्तो बानीले ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरु थप बल्झिने चेतावनी विज्ञहरुले बेला बेलामा दिइरहेका छन् । पछिल्लो समय बालबच्चादेखि बुढाबुढीसम्म सबैमा मोबाइलको लत बसेको छ । ट्वाइलेटमा समेत मोबाइल बोक्ने बानीले यो लत झनै बढाइदिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप