सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन सक्दैनः आरजु राणा
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताएकी छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् । उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले दुध उत्पादन किसान तथा अन्य किसानहरुको भुक्तानीमा सरकारले प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिनुपर्छ । उखु उत्पादनलाई पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा लडाई हुँदा ठूलो समस्या भयो अर्को लडाई होला जस्तो छ त्यसपछि हामीले के खाने भन्ने हुन्छ । हाम्रो १० लाख हेक्टर जमिनमा अहिलेसम्म खेती नै छैन । त्यो बाँझो जमिनलाई हामीले कसरी प्रयोग गर्ने भन्ने मापदण्ड तयार बनाउनुपर्छ । सरकारले किसानहरुको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्छ । दुध वा अन्य किसानहरुलाई प्रमुख प्राथमिकतामा राखेर भुक्तानी गर्न ध्यानाकर्षण गराउँछौं । कृषि क्षेत्रको अनुसन्धानमा पैसा छैन । कृषि क्षेत्रको अनुसन्धान नभएसम्म नेपालमा कृषि क्षेत्रको प्रगति गर्न सक्दैनौं । सरकारले कृषि अनुसन्धानको लागि छुटै बजेटको व्यवस्था गर्नुपर्छ । यसमा कृषि ल्याप,नयाँ प्रविधि ल्याउने र बोर्डरको लागि ड्रोन प्रयोग गर्नु मिल्छ भने दुबै देशसँग समन्वय गरेर ड्रोन उडान आवश्यक छ ।’
उनले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताइन् । उनले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण