नेपालले उपाधि जित्छ– सन्दीप लामिछाने
मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ५३
काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसीसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे । साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए ।
लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए । सन्दीपले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण