राष्ट्रसंघ महासचिव गुटेरेसको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् ।
मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।
शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाइ नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे । आफ्नो पार्टी पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने ढिलाइ गर्नुहुन्न भन्ने पक्षमा रहेको उनको भनाई थियो ।
अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने पनि दोहोर्याए । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान