राष्ट्रसंघ महासचिव गुटेरेसको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् ।
मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।
शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाइ नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे । आफ्नो पार्टी पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने ढिलाइ गर्नुहुन्न भन्ने पक्षमा रहेको उनको भनाई थियो ।
अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने पनि दोहोर्याए । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण