शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल

मङ्गलबार, १४ कात्तिक २०८०, १९ : ०४
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको महशुस गरेको बताएका छन् । 

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पाएको बताए । उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उनले उल्लेख गरे ।

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरुको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप