गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको महशुस गरेको बताएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पाएको बताए । उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उनले उल्लेख गरे ।
गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरुको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
-
अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु
-
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
-
नागढुंगा सुरुङबाट निस्केको पानीको सदुपयोगबारे सांसद तिमिल्सिनाले उठाइन प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण