तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने
पोखरा । तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसियसन कास्कीले कात्तिक तेस्रो साता मेला आयोजना गर्न लागेको हो । कात्तिकको १७ देखि २० गतेसम्म पोखराको सभागृहमा पुष्प प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।
मेलामा गोदावरीसहित सबै प्रजातिका फूलहरुको प्रदर्शनी गरिने डिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार २४ वटा स्टल रहन्छन् । तीमध्ये २० वटा व्यावसायिक, ३ वटा कृषि सामग्री र एउटा सूचनामूलक स्टल रहने छन् ।
फ्यानले हरेक वर्ष फूलको महोत्सव गर्दै आएको छ । यो वर्ष गोदावरीसँगै सयपत्री, मखमली, सिजनल फूलहरु, सुनगाभा, बोन्साइका बिरुवा र कट्फ्लावर पनि प्रदर्शन गरिनेछ । उपभोक्तालाई नेपाली उत्पादनमा आकर्षित गर्न मेला आयोजना गरिएको पूर्व अध्यक्ष दयाकुमार द्धाले जानकारी दिए ।
‘नेपालमै सबै फूलहरु उत्पादन हुन थालेका छन् । तर हामी विदेशबाट आयात गर्छौँ,’ उनले भने, ‘हाम्रा उपभोक्तालाई स्थानीय उत्पादनमा आकर्षित गर्ने प्रमुख उद्देश्य हो ।’ गण्डकी प्रदेशमा ४८ जना मात्रै व्यावसायिक फूल किसान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण