कृषि कार्यबाट कति प्रतिशत परिवारलाई वर्षदिन खाना पुग्छ ?

काठमाडौँ । नेपालमा आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले ४५ प्रतिशत परिवारलाई मात्रै वर्षदिन खाना पुगेको पाइएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार ४१ लाख ३० हजार ७ सय ८९ कृषिकर्म गर्ने परिवारमध्ये १८ लाख ५६ हजार ८००* परिवारलाई मात्रै खाना पुग्छ, जुन ४५ प्रतिशत परिवार सङ्ख्या हो ।
यस अघिको कृषि कृषिगणनाले ४० दशमलव १ प्रतिशत परिवारलाई वर्षदिन खाना पुगेको थियो । कृषिगणनाअनुसार १ महिनादेखि ३ महिनामात्रै खाना पुग्ने परिवार सङ्ख्या २३ दशमलव ९ प्रतिशत छ । ४ महिनादेखि ६ महिनासम्म खाना पुग्ने परिवार सङ्ख्या ४६ दशमलव ८ प्रतिशत छ ।
यस्तै, ७ महिनादेखि ९ महिनासम्म खाना पुग्ने २० दशमलव ४ प्रतिशत छ । १० देखि १२ महिनासम्म खाना पुग्ने परिवार सङ्ख्या ८ दशमलव ८ प्रतिशत छ । उता, खाना नपुग्ने परिवारको आम्दानीको स्रोत आफ्नो जिल्लाभित्रै ज्यालामा काम गरी परिवार पाल्ने १० दशमलव १ प्रतिशत छन् ।
यस्तै, जिल्ला बाहिर तर देशभित्रै ज्याला मजदुरीको काम गर्ने परिवार सङ्ख्या ६१ दशमलव ७ प्रतिशत छ । देशबाहिर काम गर्ने परिवार सङ्ख्या १७ दशमलव ८ प्रतिशत छ ।
त्यसैगरी, पेन्सनबाट ३ प्रतिशत परिवार पालिन्छन् । ऋण लिएर परिवार पाल्ने ५ दशमलव ५ प्रतिशत र अन्य कार्य गरी २ प्रतिशत परिवारको आम्दानी हुने कृषिगणनामा उल्लेख छ ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य