अभागी ग्राहम गुचको नाममा जोडिएको एउटा कीर्तिमान
काठमाडौँ । इङ्ल्यान्डलाई क्रिकेटको जननी राष्ट्र मानिन्छ । आईसीसी एकदिवसीय विश्वकपको सुरुको तीनवटा संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । तर, इङ्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि चुम्न भने सन् २०१९ मा आयोजित १२औँ संस्करणसम्म निरन्तर सङ्घर्ष गर्नुपर्यो ।
आफ्नो समयमा उपाधि जित्न नसके पनि इङ्ल्यान्डका पूर्वक्रिकेटर ग्राहम गुचको नामसँग एउटा गजबको कीर्तिमान जोडिएको छ । उनी तीनवटा फरक दशकमा एकदिवसीय विश्वकपको फाइनल खेल खेल्ने इङ्ल्यान्डका एकमात्र खेलाडी हुन् ।
उनले सबैभन्दा पहिले सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९८७ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९९२ मा पाकिस्तानविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । तर, ती तीनवटै विश्वकपमा ग्राहम गुचसहितको इङ्ल्यान्डको टोली पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण