अभागी ग्राहम गुचको नाममा जोडिएको एउटा कीर्तिमान

काठमाडौँ । इङ्ल्यान्डलाई क्रिकेटको जननी राष्ट्र मानिन्छ । आईसीसी एकदिवसीय विश्वकपको सुरुको तीनवटा संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । तर, इङ्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि चुम्न भने सन् २०१९ मा आयोजित १२औँ संस्करणसम्म निरन्तर सङ्घर्ष गर्नुपर्यो ।
आफ्नो समयमा उपाधि जित्न नसके पनि इङ्ल्यान्डका पूर्वक्रिकेटर ग्राहम गुचको नामसँग एउटा गजबको कीर्तिमान जोडिएको छ । उनी तीनवटा फरक दशकमा एकदिवसीय विश्वकपको फाइनल खेल खेल्ने इङ्ल्यान्डका एकमात्र खेलाडी हुन् ।
उनले सबैभन्दा पहिले सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९८७ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९९२ मा पाकिस्तानविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । तर, ती तीनवटै विश्वकपमा ग्राहम गुचसहितको इङ्ल्यान्डको टोली पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह