अपेक्षा गरिएभन्दा धेरैले बढ्यो अमेरिकामा तलब
वासिङ्टन डिसी । अमेरिकी कामदारहरूको तलब बढेको छ । गएको त्रैमासमा अमेरिकामा कामदारहरूको कूल तलब भत्ता अपेक्षा गरिएभन्दा धेरैले बढेको सरकारी तथ्याङ्कले देखाएको हो । यसले त्यहाँको श्रम बजारले लय समातिरहेको सङ्केत गरेको छ ।
यस वर्षको तेस्रो त्रैमासमा कर्मचारीहरूको तलब सुविधा जनाउने रोजगारी लागत सूचक १ दशमलव १ प्रतिशतले बढेको श्रम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । दोस्रो त्रैमासमा यो सूचक १ प्रतिशतले मात्रै बढेको थियो । सेप्टेम्बरसम्मको तीन महिनामा तलब मात्रै भने १ दशमलव २ प्रतिशतले बढेको छ । तलब बढेपछि समग्र तलब भत्ता बढेको हो । एक वर्ष अघिको तुलनामा जुलाई–सेप्टेम्बर अवधिमा तलब र भत्ता ४ दशमलव ३ प्रतिशतले बढेको छ । यद्यपि, वृद्धिको यो दर भने अघिल्ला दुई त्रैमासको भन्दा कम हो ।
अमेरिकामा ब्याजदर अहिले २२ वर्षयताकै उच्च स्तरमा छ । यस्तो स्थितिमा पनि श्रम बजारको अवस्था बलियो रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । दशकौँयताकै उत्कर्षमा उक्लिएको महँगीलाई ब्याजदर बढाएरै भए पनि नियन्त्रण गर्ने प्रयासमा रहेको केन्द्रीय बैङ्क फेडरल रिजर्भलाई भने यो तथ्याङ्क टाउको दुखाइको विषय बनेको छ । फेडले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च स्तरमा उकालेको भए पनि तलबमा भइरहेको वृद्धिले महँगी अपेक्षित स्तरमा घटाउन सकिएको छैन ।
सेप्टेम्बरमा अमेरिकी अर्थतन्त्रले ३ लाख ३६ हजार नयाँ रोजगारी सृजना गरेको छ । जनवरीयता अर्थतन्त्रले यो संख्यामा नयाँ रोजगारी सृजना गर्न सकेको थिएन । योसँगै बेरोजगारी दर घटेर ३ दशमलव ८ प्रतिशतमा झरेको छ । बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या ऐतिहासिक न्यून स्तरमा ओर्लिएको छ । धमाधम कर्मचारी आवश्यकताका विज्ञापन खुलिरहेका छन् । कर्जाको उच्च लागत, बैंकहरुले कर्जाको मापदण्ड कसिलो बनाएको अनि विद्यार्थी कर्जा चुक्ता सुचारु आदिले सुस्ताएको अमेरिकी अर्थतन्त्रलाई टेवा दिने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण