कोशीमा गरिएको नयाँ एक्सपेरिमेन्ट हेरौँ कसरी अगाडि बढ्छ : शेखर कोइराला
बुधबार, १५ कात्तिक २०८०, १७ : ४३
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेताहरूले नै माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाऊ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।
‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ? कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौँ कसरी अगाडि बढ्छ’ कोइरालाले भने।
कांग्रेस पार्टीले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको बताएका छन् । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताए ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं.१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण