संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी, दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । सरकारले संसद्को जारी वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिए ।
बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा बिहीबार बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।
संसद अधिवेशन अन्त्यका लागि औपचारिक रुपमा पत्र प्राप्त नभएपनि अनौपचारिक रुपमा अधिवेशन अन्त्यको जानकारी आएको संघीय संसदका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।
अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए ।
एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसद्को वर्षे अधिवेशन अन्त्य भएपनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने माओवादी प्रमुख सचेतक पाण्डेले बताए ।
बिहीबार बिहान ९ बजे मन्त्रीपरिषद्को बैठक राखिएको र सो बैठकले अधिवेशन अन्त्यको निर्णय लिनसक्ने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रातोपाटीलाई जानकारी दिइन् ।
बजेट अधिवेशनको रुपमा समेत रहेको वर्षे अधिवेशन यसअघि सामान्यता साउन भदौ महिनामा सकिने भएतापनि संसदमा विचाराधीन केही विधेयक पारित गर्नका लागि बैठक लम्बाइएको थियो ।
प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक विचाराधीन पारित हुन बाँकी छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन सुरु र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण