बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रै नालायकीपनले समस्या सिर्जना भएका छन् : माधव नेपाल

बिहीबार, १६ कात्तिक २०८०, १४ : ३०
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भूपी शेरचनको ‘यो नेपाली शिर उचाली....’भन्ने कविता उदृत गर्दै भने अहिले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए । 

उनले भने, ‘अहिले दुईवटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नुपर्ने छैन भन्ने भाष्य छ ।’ उनले यी दुवै भाष्य र अतिवादी सोचबाट मुक्त हुनुपर्ने बताए । 

अध्यक्ष नेपालले चुनौतीहरू र समस्याहरू रहेको भन्दै त्यसलाई महसुस गर्नुपर्ने बताए । ‘ती चुनौती र समस्याहरू हाम्रै नालायकीका कारणले आएका छन् अरूका कारणले होइन । अरूलाई दोष पन्छाएर पुग्दैन’, नेपालले आफ्नै अयोग्यता र सिस्टम बसाल्न नसक्दा समस्या सिर्जना भएको बताए । 

उनले समस्या पहिचान गर्न सबै गम्भीर हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप