शनिबारदेखि पञ्चासे अल्ट्रा रेस, अमेरिकाका धावक सहभागी हुने
पोखरा । पोखरामा शनिबार र आइतबार पञ्चासे अल्ट्रा रेस हुने भएको छ । ४ वटा इभेन्टमा धावकहरुले प्रतिस्पर्धा गर्नेछन् । ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै स्पर्धा हुने पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा आसपासका पहाडबाट दौडिने गरी रुट तय गरिएको छ ।
दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लो–क्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौंदीमा टुंगिन्छ ।
५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ । यो इभेन्ट शान्ति स्तूप, भञ्ज्याङ, नाउडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपौंदीमै टुंगिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट भने बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा टुंगिन्छ ।
प्रतियोगितामा विजेताले थाइल्याण्डमा हुने अल्ट्रा रेसमा सहभागी हुने अवसर पाउनेछन् । दोस्रो हुने महिला पुरुषले १५ हजार र तेस्रोलाई ७ हजार नगद पुरस्कार हुनेछ । यो वर्ष धावक हरि रोकायालाई नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण