एनआरएनए कार्यालयमा कुटपिटमा संलग्न युवासंघका कार्यकर्ता पक्राउ
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै नयाँ कार्यसमिति बनाएका अध्यक्ष आरके शर्मालगायतमाथि दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
यस्तै सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार भएको थियो । सो घटनापछि पीडित ओम शर्माले उजुरी दिएका थिए । यस्तै आरके शर्माले पनि अर्को छुट्टै उजुरी दिएका थिए ।
संघको कार्यालयमा निर्वाचित अध्यक्ष बद्री केसीले युवासंघलाई बोलाएर कार्यक्रम राखेको भन्दै आरके शर्मालगायतले विरोध गरेपछि दुई पक्षीय विवादका क्रममा आक्रमण भएको बताइएको छ । एमाले नेता महेश बस्नेत समेत सहभागी कार्यक्रममा भएको यो घटनापछि केसीले पनि प्रहरी वृत्त दरबारमार्गमा शान्तिसुरक्षाको माग गर्दै उजुरी दिएका थिए ।
११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसीले चुनाव जितेको आरके पक्षले आरोप लगाएपछि एनआरएनएमा दुई पक्षीय विवाद चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण