नबिल बैंकले तीन महिनामा कमायो १ अर्ब ४६ करोड नाफा
काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंक जारी गरेको पहिलो त्रैमास वित्तीय रिपोर्टअनुसार साउन, भदौ र असोज गरी कूल १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
तथापि, अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५.५० प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्ष २०७९÷८० को असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कमाएको छ । तथापि, यता बैंकको सञ्चालन आम्दानी ४.६८ प्रतिशत घट्दै २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.५४ प्रतिशतले बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६.२७ प्रतिशतले बढेर ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ पुगेको बैंकको रिपोर्टले देखाएको छ । यता बैंकको खराब कर्जा (एनपीएल दर) १.३६ प्रतिशतले वृद्धि भएर ३.६९ प्रतिशत पुगेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसाले घटेर २१ रुपैयाँ ७२ पैसा कायम भएको बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कूल चुक्तापुँजी रहेको बैंकको वितरण योग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण