मुगु हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश प्रहरीले माग्यो सीआईबीको सहयोग

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटना अझै पत्ता लागेको छैन । कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका हुन् ।
हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई केन्द्रीय अनुसन्धान ब्युरोको टिम पठाउन पत्राचार गरेको छ । त्यसअघि जिल्ला प्रहरी कार्यालय मुगुले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय मुगुका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ ।
अहिले घटनाबारे ३ जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन् । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।
छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
हत्यापछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको थाहा भएको छ । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड