मुगु हत्याकाण्ड : शङ्कास्पद एक जना पक्राउ
सुर्खेत। मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ । यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ। अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
'कुनै 'क्लु' पत्ता लागेर भन्दापनि शङ्काको आधारमा सोधपुछका लागि मात्र हो, यसलाई पक्राउ भन्न मिल्दैन,' घटनामा सक्रिय एक अनुसन्धान अधिकृतले भने । ती अधिकृतका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै 'क्लु' पत्ता लागेको छैन ।
तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन। आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन्।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।
घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान सक्रिय एक अधिकृतले राताेपाटीलाई जानकारी दिए । शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पाेस्टमार्टम हुन सकिरहेको छैन।
छाँयानाथ रारा नगरपालिका–६, वडाध्यक्ष खेमबहादुर रावल भन्छन्, 'अपराधी पक्राउ नै नपरी पाेस्टमार्टम गर्न गाह्रो छ। पाेस्टमार्टम गरेपछि लास बुझ भन्लान्, त्यसो गरे त हुँदैन नि !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण