मुगु हत्याकाण्ड : शंकास्पदहरुसँग सोधपुछ गर्दै प्रहरी
काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या गरिएको विषयमा अनुसन्धान अधिकृतहरू हत्यारा निकट पुगेका छन् । घटनाबारे ३ जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार अहिले शंकास्पदहरुसँग सोधपुछ गर्ने क्रम जारी छ । अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्–‘विभिन्न कोणबाट अनुसन्धान हुँदै छ, हामी हत्यारा पहिचानको नजिक पुगेका छौँ ।’
शुक्रवार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीया छोरी अप्सराको बोहराको शव घरभित्र भेटिएको थियो ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको भेटिएको छ । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान सुरु गरेको थियो । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण