सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा छानिएपछि क्यान : असाधारण यात्रा

शुक्रबार, १७ कात्तिक २०८०, १४ : ३५
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छानिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले खुसीयाली बाँडेको छ । क्यानले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको यात्रा विश्वस्तरमा पुगेको भन्दै खुसीलाई बाँडेको हो ।

‘हिमालयको मुटुबाट विश्वमञ्चसम्मको असाधारण यात्रा ! नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप २०२४ मा आफ्नो स्थान सुरक्षित गर्दै हामीलाई गौरवान्वित बनाएको छ,’ क्यानले सामाजिक सञ्जालमा लेखेको छ । 

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप