सबैभन्दा लामो दूरीको छक्का प्रहार गरेबापत रुप्से होलिडेबाट कप्तान रोहित पुरस्कृत

काठमाडौँ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ ।
यूएईविरुद्धको त्यो सेमिफाइनल खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि अविजित ३४ रन बनाएका थिए । त्यसक्रममा उनले दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । दुबै टोलीका ब्याट्सम्यानले कुल सातवटा छक्का प्रहार गरेका थिए ।
त्यसमध्ये सबैभन्दा लामो दूरीको छक्का प्रहार गर्ने खेलाडीको पुरस्कार भने नेपाली टोलीका कप्तान रोहितले पाए । यसका अतिरिक्त कप्तान रोहितले त्यो खेलमा सबैभन्दा छिटो रन बनाउने खेलाडीको पुरस्कार पनि पाए ।
लामो दूरीको छक्का प्रहार गरेवापत रुप्से होलिडेबाट १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । रुप्से होलिडेले आगामी टी—२० विश्वकपमा छनोट भएकोमा नेपाली टोली र कप्तान रोहितलाई बधाइ पनि दिएको छ ।
यसैगरी नेपाली टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । उनले ५१ बलमा एक छक्का र सात चौकाको मद्दतले ६४ रन बनाएका थिए । उत्कृष्ट बलिङ गर्ने खेलाडीको पुरस्कार नेपालका स्पिनर सन्दीप लामिछानेको भागमा पर्यो ।
यसैगरी उत्कृष्ट क्याचको पुरस्कार पनि नेपाली टोलीका खेलाडी कुशल भुर्तेललाई प्रदान गरियो । यसका अतिरिक्त ‘माइलस्टोन अफ दी डे’ को २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले यही खेलमार्फत आफ्नो खेलजीवनको ५० औँ विकेट पूरा गरेका थिए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका