सबैभन्दा लामो दूरीको छक्का प्रहार गरेबापत रुप्से होलिडेबाट कप्तान रोहित पुरस्कृत
काठमाडौँ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ ।
यूएईविरुद्धको त्यो सेमिफाइनल खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि अविजित ३४ रन बनाएका थिए । त्यसक्रममा उनले दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । दुबै टोलीका ब्याट्सम्यानले कुल सातवटा छक्का प्रहार गरेका थिए ।
त्यसमध्ये सबैभन्दा लामो दूरीको छक्का प्रहार गर्ने खेलाडीको पुरस्कार भने नेपाली टोलीका कप्तान रोहितले पाए । यसका अतिरिक्त कप्तान रोहितले त्यो खेलमा सबैभन्दा छिटो रन बनाउने खेलाडीको पुरस्कार पनि पाए ।
लामो दूरीको छक्का प्रहार गरेवापत रुप्से होलिडेबाट १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । रुप्से होलिडेले आगामी टी—२० विश्वकपमा छनोट भएकोमा नेपाली टोली र कप्तान रोहितलाई बधाइ पनि दिएको छ ।
यसैगरी नेपाली टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । उनले ५१ बलमा एक छक्का र सात चौकाको मद्दतले ६४ रन बनाएका थिए । उत्कृष्ट बलिङ गर्ने खेलाडीको पुरस्कार नेपालका स्पिनर सन्दीप लामिछानेको भागमा पर्यो ।
यसैगरी उत्कृष्ट क्याचको पुरस्कार पनि नेपाली टोलीका खेलाडी कुशल भुर्तेललाई प्रदान गरियो । यसका अतिरिक्त ‘माइलस्टोन अफ दी डे’ को २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले यही खेलमार्फत आफ्नो खेलजीवनको ५० औँ विकेट पूरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण