माओवादी र नेकपा एसबाट १–१ जना मन्त्री थपिँदै, आजै साँझ शपथको तयारी
विराटनगर । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री कार्कीले गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट एक–एक जनालाई मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्री कार्यालयबाट शपथग्रहणको तयारीका लागि खबर गइसकेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सचिवालयका अनुसार आजै साँझ साढे ६ बजे शपथग्रहणको तयारी गर्न मुख्यमन्त्री कार्यालयले भनेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमल जवेगु मन्त्री नियुक्त हुन लागेका हुन् । जबेगु यसअघि पनि उद्धब थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा यसअघि एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राई मन्त्री नियुक्त भएका छन् ।
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । तर, पार्टी र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने तयारीमा कार्की पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण