लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा
शनिबार, १८ कात्तिक २०८०, ११ : ३९
बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।
शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् ।
मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण