लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा
शनिबार, १८ कात्तिक २०८०, ११ : ३९

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।
शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् ।
मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?