हमासको आक्रमण : आनन्दको शव ल्याउन ढिलाइ गरेको भन्दै सपहीमा प्रदर्शन
_1sHd1km3Tr.jpg)
जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका–४ का सपहीका आनन्द साहको शव ल्याउन ढिलाइ गरेको भन्दै शनिबार प्रदर्शन गरिएको छ । स्थानीयहरूले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत सपहीमा प्रदर्शन गरेका हुन् ।
शुक्रबार नै आइपुग्ने भनिएको उनको शव अहिलेसम्म नआएको भन्दै उनीहरूले प्रदर्शन गरेको बताइएको छ । उनको शव आज बिहान ९ बजे सपही नै आइपुग्ने भनिएको थियो । तर, जाजरकोटमा गएको भूकम्पको कारणले नेपाली सेनाको हेलिकप्टरले उद्धारमा खटेको कारण शव नआइपुग्दा स्थानीयहरूले सडक अवरुद्ध गरेका हुन् । करिब एक घण्टादेखि उनीहरूले सडकमा प्रदर्शन गरिरहँदा आवतजावत अवरुद्ध भएको छ ।
२८ दिन बित्दा पनि आफन्तले उनको शव पाएका छैनन् । उनको परिवारजनले शव समयमै प्राप्त गर्न नसक्दा शोक र पीडा लम्बिएको छ । आनन्दकी आमा बुवा र बहिनी छिनछिनमै बेहोस भइरहेको अवस्था छ । आनन्द साहको घर पुगेका जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साह भन्छन्, ‘कम्तीमा शव समयमै पाएर दाहसंस्कार गर्न पाए परिवार सम्हाल्न सकिन्थ्यो । तर, सरकारको यो ढिलासुस्तीले आनन्दको परिवारजनले थप पीडा खेप्नु परेको छ ।’
सरकारले शव आज ९ बजे आइपुग्ने जानकारी गराएपछि उनको दाहसंस्कारको सबै तयारी गरिएको थियो । जाजरकोट घटेको आकस्मिक घटनाले उनको शव आज नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जनाएका छन् । उनका अनुसार नेपाली सेनासहितका सबै टिम भूकम्प पीडितहरूको उद्धारमा खटेकोले उनको शव भोलि मात्रै आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन