हमासको आक्रमण : आनन्दको शव ल्याउन ढिलाइ गरेको भन्दै सपहीमा प्रदर्शन
जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका–४ का सपहीका आनन्द साहको शव ल्याउन ढिलाइ गरेको भन्दै शनिबार प्रदर्शन गरिएको छ । स्थानीयहरूले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत सपहीमा प्रदर्शन गरेका हुन् ।
शुक्रबार नै आइपुग्ने भनिएको उनको शव अहिलेसम्म नआएको भन्दै उनीहरूले प्रदर्शन गरेको बताइएको छ । उनको शव आज बिहान ९ बजे सपही नै आइपुग्ने भनिएको थियो । तर, जाजरकोटमा गएको भूकम्पको कारणले नेपाली सेनाको हेलिकप्टरले उद्धारमा खटेको कारण शव नआइपुग्दा स्थानीयहरूले सडक अवरुद्ध गरेका हुन् । करिब एक घण्टादेखि उनीहरूले सडकमा प्रदर्शन गरिरहँदा आवतजावत अवरुद्ध भएको छ ।
_PwwWkf7G6h.jpg)
२८ दिन बित्दा पनि आफन्तले उनको शव पाएका छैनन् । उनको परिवारजनले शव समयमै प्राप्त गर्न नसक्दा शोक र पीडा लम्बिएको छ । आनन्दकी आमा बुवा र बहिनी छिनछिनमै बेहोस भइरहेको अवस्था छ । आनन्द साहको घर पुगेका जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साह भन्छन्, ‘कम्तीमा शव समयमै पाएर दाहसंस्कार गर्न पाए परिवार सम्हाल्न सकिन्थ्यो । तर, सरकारको यो ढिलासुस्तीले आनन्दको परिवारजनले थप पीडा खेप्नु परेको छ ।’
सरकारले शव आज ९ बजे आइपुग्ने जानकारी गराएपछि उनको दाहसंस्कारको सबै तयारी गरिएको थियो । जाजरकोट घटेको आकस्मिक घटनाले उनको शव आज नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जनाएका छन् । उनका अनुसार नेपाली सेनासहितका सबै टिम भूकम्प पीडितहरूको उद्धारमा खटेकोले उनको शव भोलि मात्रै आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण