शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएको दुई समूहद्वारा भूकम्प पीडितलाई सहयोग गर्न सक्रियता

शनिबार, १८ कात्तिक २०८०, १४ : ३८
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई समूहले जाजरकोट भूकम्पबाट प्रभावितलाई सहयोगको घोषणा गरेको छ ।  बद्री केसी  र आरके शर्मा नेतृत्वको एनआरएनएले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर भूकम्प पीडितलाई सहयोगको घोषणा गर्दै प्रभावित क्षेत्रमा राहत लिएर  जाने जानकारी गराएको हो । 

अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । विज्ञप्तिमा जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति  गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको उल्लेख छ  । 
  
गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै विज्ञप्तिमा संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

यसैगरी अर्का अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदीले जारी गरेको विज्ञप्तिमा भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरुबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्न लागिएको उल्लेख छ । 

शर्माले भने, ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ 

साथै थप राहत तथा उद्दारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनले उद्दारमा सहभागिता जनाउने बताउँदै उनले त्यसका लागि केही व्यक्तिहरु शनिबार नै गएको र आफूहित थप व्यक्ति चिकित्सकीय टोली छिट्टै त्यता जाने जानकारी दिए । 

यस्तै केसी नेतृत्वको एनआरएनएका महासचिव जोशीले पनि भूकम्पले घरबारविहीन भएकाहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्न संघको एक टोली जाजरकोटतर्फ जान थालेको जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप