रचिनको शतकमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डको कीर्तिमानी योगफल
बैंग्लुरु । भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सङ्घर्षरत न्युजिल्याण्डले पाकिस्तानसामु ४ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको हो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो ।
न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले यो विश्वकपमा अर्को शतक बनाउँदै टोलीलाई ठुलो योगफलतर्फ डोर्याए । मात्र ९४ बलमा १ सय ८ रन बनाएका उनले १५ चौका र १ छक्का हिर्काए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् ।
उनलाई कप्तान केन विलियमसनले ९५ रन बनाउँदै राम्रो साथ थिए । शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।
खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ग्लेन फिलिप्सले २५ बलमा ४१ रन बनाए । त्यस्तै मार्क च्यापम्यानले ३९ तथा डेभन कनवेले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि मोहमद वसिमले ३ तथा हसन अली, इफ्तिकार अहमद र ह्यारिस राउफले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण