भूकम्प प्रभावितका लागि नेविसंघद्वारा आर्थिक सहयोगको घोषणा
शनिबार, १८ कात्तिक २०८०, १५ : ४८
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई आर्थिक सहयोगको घोषणा गरेको छ। जाजरकोट, पश्चिम रूकुम लगायतका जिल्लाका प्रभावितहरूको लागि नेविसंघले आर्थिक सहयोगको घोषणा गरेको हो।
तत्कालका लागि ७ लाख ११ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । त्यसका लागि ७०३ जना केन्द्रीय सदस्यबाट १ हजारका दरले उठाईने नेविसंघ केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए।
नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम पनि स्थगित गरेको छ। भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रीत हुन पदस्थापना स्थगित गरिएको उनले बताए। भूकम्प प्रभावित क्षेत्रमा जुट्न मातहतका इकाईलाई निर्देशनसमेत दिएको छ। नेविसंघले थप आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने बिषयमा तयारी भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण