भूकम्प प्रभावितका लागि नेविसंघद्वारा आर्थिक सहयोगको घोषणा
शनिबार, १८ कात्तिक २०८०, १५ : ४८

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई आर्थिक सहयोगको घोषणा गरेको छ। जाजरकोट, पश्चिम रूकुम लगायतका जिल्लाका प्रभावितहरूको लागि नेविसंघले आर्थिक सहयोगको घोषणा गरेको हो।
तत्कालका लागि ७ लाख ११ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । त्यसका लागि ७०३ जना केन्द्रीय सदस्यबाट १ हजारका दरले उठाईने नेविसंघ केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए।
नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम पनि स्थगित गरेको छ। भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रीत हुन पदस्थापना स्थगित गरिएको उनले बताए। भूकम्प प्रभावित क्षेत्रमा जुट्न मातहतका इकाईलाई निर्देशनसमेत दिएको छ। नेविसंघले थप आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने बिषयमा तयारी भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी