अभिभावकविहीन भएकाहरुलाई आनीको फाउण्डेशन र मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने
शनिबार, १८ कात्तिक २०८०, १६ : ३९

काठमाडौँ । जाजरकोटमा गएको विनासकारी भुकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरुलाई आनी छोइङ डोल्मा फाउण्डेशन र मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने भएको छ ।
गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको विनाशकारी भुकम्पमा परी हालसम्म १ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । परिवारको सम्पूर्ण सदस्य गुमाई अनाथ भएका बालबालिका, अशक्त बृद्धबृद्धा, एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्न आश्रम र फाउण्डेशन तयार रहेको जानकारी गराइएको हो । यस्तो सेवा आवश्यक रहेमा मानवसेवा आश्रमको ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरुमा सम्पर्क गरिदिन स्थानीय जनप्रतिनिधि, प्रहरी र प्रशासन समक्ष अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र
-
कोलम्बियाले गर्यो चीनको बीआरआईमा हस्ताक्षर
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो