अभिभावकविहीन भएकाहरुलाई आनीको फाउण्डेशन र मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने
शनिबार, १८ कात्तिक २०८०, १६ : ३९
काठमाडौँ । जाजरकोटमा गएको विनासकारी भुकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरुलाई आनी छोइङ डोल्मा फाउण्डेशन र मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने भएको छ ।
गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको विनाशकारी भुकम्पमा परी हालसम्म १ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । परिवारको सम्पूर्ण सदस्य गुमाई अनाथ भएका बालबालिका, अशक्त बृद्धबृद्धा, एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्न आश्रम र फाउण्डेशन तयार रहेको जानकारी गराइएको हो । यस्तो सेवा आवश्यक रहेमा मानवसेवा आश्रमको ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरुमा सम्पर्क गरिदिन स्थानीय जनप्रतिनिधि, प्रहरी र प्रशासन समक्ष अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण