जाजरकोट भूकम्प
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाइयो
शनिबार, १८ कात्तिक २०८०, २२ : ३५
काठमाडौँ । जाजरकोटमा विनाशकारी भूकम्प गएसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेह्रौँ बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
जाजरकोट भूकम्प र त्यसको प्रभाव, अवस्था र आगामी कार्यको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ बमोजिमको परिषद्को बैठक बोलाइएको बताइएको छ । बैठकका कार्यसूचीमा भूकम्प प्रभावितको पहिचान र पुनर्स्थापना, खोज उद्धार एवं राहतका सम्बन्धमा स्रोत व्यवस्थापनलगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण